एनपीएलमा आज रेष्ट डे, भाेलि दुई खेल

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार ०७:२९

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग  (एनपीएल)मा आज सोमबार कुनै खेल तय गरिएको छैन । नेपाल क्रिकेट संघले मंसिर १ गतेदेखि जारी प्रतियाेगिताकाे खेल तालिकामा आजका लागि कुनै पनि खेल राखेकाे छैन ।

भोलि मंगलबार भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई  खेल हुनेछन् ।

पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राईनोजबिच हुनेछ । दिउँसो ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एमेन्जर्स र कर्णाली याक्सबीच हुनेछ ।

हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । रोयल्स १० अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफका लागि क्वालिफाइड भइसकेको छ । समान ८–८ अंक भएको काठमाडौँ गुर्खाज दोस्रो र विराटनगर किङ्स तेस्रो स्थानमा छन् ।

चितवन राईनोज तथा लुम्बिनी लायन्स समान ४ अंकका साथ क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।

कर्णाली याक्स छैटौँ र पोखरा एमेन्जर्स सातौँ स्थानमा छ। साबिकको विजेता जनकपुर बोल्ट्स तालिकाको अन्तिममा छ ।

प्रतियोगिताको फाइनल मंसिर २७ गते हुनेछ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.