
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाले दिने धितो कर्जाको सीमामा ठूलो वृद्धि गरेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको समीक्षामा गरिएको नीतिगत परिवर्तन अनुसार लघुवित्तले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँ रहेको थियो। यो सीमालाई बढाएर अब १५ लाख रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले यो नीतिमार्फत लघुवित्तका ऋणीहरूलाई राहत दिने प्रयास गरेको छ। कर्जा भुक्तानीमा समस्या परेका ऋणीहरूको अवस्थालाई ध्यानमा राख्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि मिलाइने नीतिमा उल्लेख छ।

























