
विराटनगर । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज बजारमा सुन तोलामा ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, सोमबार ३ हजार ५३५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर ३ हजार ५४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

























