
काठमाडौं । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ । अनिल शाह र माज सदाकतले अर्धतशक प्रहार गरेपछि लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त मंगलबार पहिलो जित निकालेको हो ।
माज सदाकत र अनिल शाहको अर्धशतकमा जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोडेको छ । जनकपुरले यो जितबाट प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।
चितवनको भने पाँच खेलमा यो तेस्रो हार हो । ५ खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ ।
पाकिस्तानी युवा अलराउण्डर माजले ६३ रन बनाए । अनिलले चितवनविरुद्ध ६१ रन बनाए ।

























