१५ औँ प्याब्सन स्पोर्ट्स मिट शुक्रबारदेखि, ३ हजार खेलाडीको सहभागिता  

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १६, मंगलबार १९:०२
१५ औँ प्याब्सन स्पोर्ट्स मिट शुक्रबारदेखि, ३ हजार खेलाडीको सहभागिता  

विराटनगर । विराटनगरमा शुक्रबारदेखि ‘१५ औँ प्याब्सन स्पोर्ट्स मिट’ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्पोर्ट्स मिटको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले यही मंसिर १९ देखि २१ गतेसम्म विराटनगरमा विभिन्न खेलका इभेन्टलाई समेटेर विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

जिल्लाका प्याब्सन आबद्ध २३५ विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीको प्रत्यक्ष सहभागिता हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै, अध्यक्ष बस्नेतले भने, ‘फुटबल र क्रिकेट खेल धेरै हुने भएको र समय लाग्ने भएकाले प्रतियोगिताको उद्‌घाटन अगावै यी खेलहरू सुरु भइसकेको छ । अन्य खेल तालिका अनुसार सकिने भएकाले उद्घाटनदेखि नै हुने छन् ।’

विद्यार्थीहरूको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक भावना विकास तथा सर्वाङ्गीण व्यक्तित्व निर्माणलाई लक्षित गर्दै यस कार्यक्रमलाई प्रत्येक वर्ष थप परिष्कृत, प्रभावकारी र सुदृढ बनाएर प्रतियोगिता आयोजना गर्दै आएको छौँ, अध्यक्ष बस्नेतले भने ।

विद्यार्थीहरूको शारीरिक र मानसिक विकासलाई प्राथमिकतामा राखेर पढाइसँगै यस्ता गतिविधि गर्दै आएको बताइएको छ ।

प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबल टेनिस र एथलेटिक्सका खेलहरू समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ अनुमानित खर्च रहेको आयोजकले जनाएको छ ।

३ दिनसम्म चल्ने खेलकुद महोत्सवको १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.