
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)काे खेलमा चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको हो ।
क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले प्रतिस्पर्धात्मक लक्ष्य दिएकाे हाे । लिनले सर्वाधिक ७५ रन बनाए । लिनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४६ रनको साझेदारी गरेका थिए । यस्तै पाँचौ विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गरे ।
बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १–१ विकेट लिए ।



















