विराटनगरमा प्याब्सन स्पोर्ट्स मिटः ३ हजार विद्यार्थी सहभागी

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १४:४८

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५ औं प्याब्सन स्पोर्ट्स मिट–२०८२’ सुरु भएको छ । कोशी प्रदेशकै प्रतिष्ठित मानिने यस विद्यालयस्तरीय खेलकुद महोत्सवको प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले आज (शुक्रबार) उदघाटन गरे ।

त्यस अवसरमा अधिकारीले कक्षाकोठाको शिक्षाले मात्र विद्यार्थी पूर्ण नहुने भन्दै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न स्पोट्र्स मिटले ठूलो भूमिका खेल्ने बताए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय प्रमुख सल्लाहकार डी.के. ढुगांना, पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार टीकाराम पुरीलगायत शैक्षिक व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार मंसिर २१ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाभरका २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन् । खेल तालिकाको चापलाई मध्यनजर गर्दै फुटबल र क्रिकेटका प्रतिस्पर्धाहरू भने उद्घाटन अगावै सुरु गरिएको छ ।

प्रतियोगिताअन्तर्गत फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्स लगायतका विभिन्न विधाहरू समावेश गरिएका छन् । खेलहरू विराटनगरस्थित सहिद रंगशाला, जुटमिल खेल मैदान (रानी) र एभरेस्ट स्कुलको खेल मैदानमा सञ्चालन भइरहेका छन् । २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताले मोरङको शैक्षिक क्षेत्रमा खेलकुदको महत्व स्थापित गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको खेल संयोजक विष्णु डंगोलले जानकारी दिए । सो रकम सहभागी विद्यालयहरूको रजिस्ट्रेसन शुल्क र प्याब्सन मोरङको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ ।

तीन दिनसम्म चल्ने यस खेलकुद मेलाको अवलोकन गर्न अभिभावक, विद्यार्थी र खेलप्रेमी गरी करिब १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.