एनपीएलकाे प्लेअफमा चार टोली

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १९:३६

काठमाडौं । साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्लेअफमा स्थान बनाएको छ ।

शुक्रबार भएको खेलमा जनकपुरविरुद्ध ४ विकेटको जित निकाल्दै लुम्बिनीले ८ अंकसहित तालिकाको चौथो स्थानमै यथावत रहेर प्लेअफमा स्थान बनाएको हो । लुम्बिनीले ७ खेलमा ४ जित निकालेको छ । टस हारेर १३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा १३७ रन बनाउँदै जित निकालेको हो ।

यससँगै प्लेअफमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स र लुम्बिनीको प्रतिस्पर्धा हुने भएको छ ।

सुदूरपश्चिम ६ खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । काठमाडौं ५ खेलमा पाँच जित निकाल्दै १० अंकका सात तालिकाको दोस्रो स्थानमा छ । विराटनगर ६ खेलमा ४ जित निकाल्दै ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

पोखरा, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्सले भने लिग चरणबाटै बाहिरिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×