
विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्मको चार महिनाको अवधिमा बंगलादेशबाट २९ हजार ५ सय ३७ टनभन्दा बढी आलु भित्रिएको छ।
मेची भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा बंगलादेशबाट २ करोड ६७ लाख ९६ हजार २ सय किलो आलु भित्रिएको छ।
भारतबाट ४८ लाख ७६ हजार ८५ किलो र भुटानबाट पनि केही आलु आयात भएको छ। कुल ३ करोड १६ लाख ७२ हजार २ सय ८५ किलो आलु आयातबाट १० करोड ९८ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
हाल बजारमा बंगलादेशको आलु प्रतिकिलो २५ रुपैयाँ र भारतीय आलु प्रतिकिलो ३० रुपैयाँ पर्ने गरेको छ।

























