एनपीएलमा आज जनकपुर र कर्णाली खेल्ने

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार ०६:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । याे दुई टाेलीकाे  प्रतिष्ठाको लडाइँ लड्दै हाे ।

आजको खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ । यो दोस्रो संस्करणमा लिग चरणको अन्तिम खेलसमेत हो ।

तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई अंक जोडेको छ । जनकपुर पुछारमा छ ।

कर्णालीले लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो ।

तर, पहिलो खेलमा चितवनसँग चार विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध तीन विकेटको, पाँचौँ खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र छैटौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३४ रनको हार व्यहोरेको थियो । कर्णालीले पहिलो संस्करणमा इलिमिनेटर र दोस्रो क्वालिफायर खेलेको थियो ।

गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।

प्रतियोगिताको दोस्रो संस्करणमा जनकपुरले लगातार चार हारपछि पाँचौँ खेलमा जित निकालेको थियो । पहिलो खेलमा जनकपुरलाई काठमाण्डू गोर्खाजले पाँच विकेटले निराश बनाएको थियो ।

दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध २५ रनको, चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । पाँचौँ खेलमा भने जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । छैटौँ खेलमा जनकपुरविरुद्ध लुम्बिनीले चार विकेटको जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.