राष्ट्र बैंकमा योगदानमा आधारित पेन्सन लागू

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १०:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) योजना लागू गरेको छ। केन्द्रीय बैंकले कर्मचारी विनियमावली २०५८ लाई संशोधन गर्दै नियम ११७ क थप गरी यो व्यवस्था लागू गरेको हो।

नयाँ विनियमावली अनुसार, २०८२ साल साउन १ गते पछिको विज्ञापनबाट खुला प्रतियोगिताद्वारा बैंक सेवामा प्रवेश गर्ने  कर्मचारीहरूलाई यो नयाँ योगदानमा आधारित निवृत्तिभरण योजना प्रदान गरिनेछ। नयाँ निवृत्तिभरण योजना अन्तर्गत, कर्मचारीको मासिक तलबबाट ६ प्रतिशतले हुन आउने रकम कट्टा गरिनेछ र बैंकको तर्फबाट कट्टा भएको सो रकमको शतप्रतिशत रकम थप गरी छुट्टै कोषमा जम्मा गरिनेछ।

२० वर्ष वा सोभन्दा बढी समयसम्म बैंकको स्थायी सेवा गरी अवकाश पाएका कर्मचारीहरूले मासिक निवृत्तिभरण पाउनेछन्। निवृत्तिभरण पाउन योग्य कर्मचारी वा निजको मृत्यु भएमा हकवालाले आफ्नो नाममा जम्मा भएको रकम, ब्याज र मुनाफा समेत एकमुष्ट लिने वा मासिक निवृत्तिभरण लिने मध्ये कुनै एक छनौट गर्न पाउनेछन्।

२०८२ साउन १ गते पछि खुला विज्ञापनबाट नियुक्त हुने कर्मचारीको हकमा विनियमावलीमा रहेको उपदान सम्बन्धी व्यवस्था लागू हुने छैन। निवृत्तिभरण पाउने समयावधि अगावै जुनसुकै कारणले बैंक सेवाबाट अलग भएमा कर्मचारीको नाममा जम्मा भएको रकम, ब्याज र मुनाफा समेत एकमुष्ट उपलब्ध हुनेछ।

भविष्यमा बैंक सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएको कर्मचारीको हकमा भने निजको तलबबाट कट्टा गरिएको रकम तथा उक्त रकममा प्राप्त भएको ब्याज मात्र उपलब्ध हुने व्यवस्था छ। कर्मचारीको मृत्यु भएमा निजको नाममा जम्मा भएको रकम, ब्याज र मुनाफा समेत इच्छाइएको व्यक्तिले एकमुष्ट पाउनेछ। इच्छाइएको व्यक्ति नभएमा कानुन बमोजिम हकवालालाई रकम उपलब्ध हुनेछ।

राष्ट्र बैंक कर्मचारीलाई निवृत्तिभरण उपलब्ध गराउने कार्यलाई सहज तथा दिगो बनाउन बैंकले कोषमा बीमाङ्कीय मूल्याङ्कनको आधारमा नपुग हुने रकम समय-समयमा उपलब्ध गराउनेछ। २०८२ साउन १ गतेअघि नियुक्ति लिई कार्यरत कर्मचारीहरू खुला प्रतियोगिताबाट माथिल्लो तहमा नियुक्त भई सेवा निरन्तर गरेमा सुरु नियुक्त हुँदाका बखतको उपदान तथा निवृत्तिभरणको व्यवस्था नै लागू हुनेछ। केन्द्रीय बैंकका अनुसार कोषको लेखाङ्कन, व्यवस्थापन र सञ्चालन तथा योगदानमा आधारित निवृत्तिभरण सम्बन्धी अन्य व्यवस्था सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.