एभरेष्ट र सिद्धार्थलाई प्याब्सन स्पोर्टस् मिटको उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १७:५२

विराटनगर । प्याब्सन स्पोर्टस्  मिटको १५ औं संस्करणको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले जितेका छन् । ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेकाे हाे ।

जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी द्धितीय, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेण्डरी स्कुल तृतीय तथा २ स्वर्ण र १ कास्यसहित रतुवामाईको मुनाल आदर्श स्कुल चौथो भएका छन् । एथलेटिक्सतर्फ विराटनगरको स्टार स्कुलकी प्रीति मुखिया ‘बेस्ट प्लेयर’ घोषित भइन् । सिनियर प्लस टु तर्फ १ स्वर्ण र ३ कास्य पदकसहित सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुल द्धितीय र १ स्वर्ण तथा १ कास्यसहित विराटनगरको अरनिको स्कुल तृतीय भएका छन् ।

Advertisement

फुटबलको उपाधि बाल्मिकी स्कुललाई

प्याब्सन स्पोर्टस् मिट अन्तर्गतको फुटबल प्रतियोगिताको उपाधि पथरीको बाल्मिकी स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा सोमबार राति फ्लडलाइटमा भएको फाइनल खेलमा मोडर्न एरा स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै बाल्मिकीले उपाधि हात पारेको हो ।

बाल्मिकीको जितमा असिम बुढाथोकी र सयल फेकले १–१ गोल गरे । मोडर्न एराका तर्फबाट प्रेम शेर्पाले सान्त्वना गोल फर्काए । प्रतियोगिताभर ६ गोल गर्ने पशुपति स्कुलका कृसल थापा उत्कृष्ट गोलकर्ता घोषित भए ।

भलिबलमा चार विद्यालयको जित

भलिबलतर्फ चार फरक विद्यालयले उपाधि जितेका छन् । जुनियर छात्रमा रंगेलीको सनरे स्कुल र जुनियर छात्रामा उर्लाबारीको शिशु शिक्षा स्कुल प्रथम भए । जुनियर छात्रतर्फ उर्लाबारीको मोरङ मोडेल द्वितीय र रतुवामाईको दाम्राभिट्टा स्कुल तृतीय भए । जुनियर छात्रातर्फ पथरीको एभरेष्ट द्वितीय र बुढीगंगाको मोरङ पब्लिक स्कुल तृतीय भए ।

त्यसैगरी, सिनियर छात्रमा रतुवामाईको राष्ट्रिय निर्माण स्कुल र छात्रामा सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुलले उपाधि जिते । सिनियर छात्रतर्फ उर्लाबारीको पशुपति स्कुल द्वितीय र उर्लाबारीकै मोरङ मोडल स्कुल तृतीय भए भने सिनियर छात्रातर्फ पथरीको रेडस्टार स्कुल द्वितीय र उर्लाबारीको पशुपति स्कुल तृतीय भए ।

बास्केटबलमा एभरेष्ट र सगरमाथालाई उपाधि

बास्केटबल प्रतियोगितामा जुनियर छात्रतर्फ विराटनगरको सगरमाथा स्कुल प्रथम भयो । प्लस टु सिनियर छात्रतर्फ पनि सगरमाथा स्कुल नै प्रथम भयो भने विराटनगरको एभरेष्ट द्वितीय र सिद्धार्थ स्कुल तृतीय भए । त्यसैगरी, प्लस टु छात्रातर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम, अरनिको स्कुल द्वितीय र सगरमाथा स्कुल तृतीय भए ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार मंसिर १९ देखि २१ गतेसम्म सञ्चालित प्रतियोगितामा जिल्लाभरका २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका थिए ।

२०६३ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताले मोरङको शैक्षिक क्षेत्रमा खेलकुदको महत्त्व स्थापित गरेको छ ।

विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार टिकाराम पुरी, केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल, प्रदेश तथा जिल्ला अध्यक्षहरूले पुरस्कार वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×