भन्सार ऐनको विरोधमा देशभरका भन्सार एजेन्ट आन्दोलित

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २३, मंगलबार १०:२७

विराटनगर । भन्सार एजेन्ट महासंघ नेपालले भर्खरै जारी भएको भन्सार ऐन २०८२ को विरोधमा आज (मंगलबार) देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गरेको छ । महासंघले ऐनमा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्‍याएकाले आन्दोलनमा उत्रिनुपरेको महासंघका अध्यक्ष प्राचीनकुमार थैवले बताए ।

नयाँ ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र वैध व्यापारलाई निरुत्साहित गर्दै भन्सार अधिकारीको तजबिजी अधिकारलाई बढावा दिएको महासंघको ठहर छ । केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार, महासंघले ऐनको विरोध गर्दै आइतबार वीरगञ्ज र सोमबार भैरहवा भन्सार कार्यालय ठप्प पारेको थियो। उनले नयाँ भन्सार ऐनले सिर्जना गरेका समस्या र भन्सार एजेन्टहरूको पेशासँग सम्बन्धित मागहरू सम्बोधन नगरिए आजै आन्दोलनका थप कडा कार्यक्रमहरू सार्वजनिक गरिने चेतावनी दिए।

महासंघले भन्सार ऐनमा भन्सार एजेन्टको नाम, दण्ड जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ एवं ‘इन्ट्री नोट’ लगायत इजाजत प्राप्त भन्सार एजेन्टहरूबाट मात्र मालबस्तु जाँचपास गर्ने व्यवस्था हुनुपर्ने माग राखेको थियो। केन्द्रीय सदस्य घिमिरेले भन्सार जाँचपासमा हुने ढिलासुस्ती, स्वचालन प्रणालीमा हुने सर्भर समस्या, राजश्व भुक्तानी र क्वारेन्टाइनलगायतका समस्या समाधानका लागि भन्सार विभागसमक्ष ताकेता गर्दा पनि पहल नभएका कारण जाँचपास प्रक्रिया सहज र सरल हुन नसकेको बताए।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.