
काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य १ हजार रुपैयाँ घट्दै तोलामा २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार छापावाल सुन तोलामा २ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार ६ सय रुपैयाँ पुगेको हो ।

























