भन्सार ऐनको आन्दोलन जारी: महासंघ र विभागबीच आज फेरि वार्ता

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १०:४४

काठमाडौँ । भन्सार एजेन्ट महासंघ नेपाल र भन्सार विभागबीच भन्सार ऐन २०८२ लाई लिएर उत्पन्न विवाद समाधान गर्न आज (बुधबार) फेरि वार्ता हुने भएको छ। मंगलबार भएको पहिलो चरणको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि आज पुनः छलफल हुने भएको हो।

भन्सार एजेन्ट महासंघले मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ सहित विरोधका कार्यक्रमहरू सुरु गरेपछि भन्सार विभागले वार्ताका लागि बोलाएको थियो। राजस्व र व्यापार प्रभावित: महासंघ विरोधमा उत्रिएपछि देशैभरका भन्सार कार्यालयमा जाँचपास ठप्प भएको छ, जसका कारण राजस्व संकलन र अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ।

महासंघका अध्यक्ष प्राचिनकुमार थैवले भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुऱ्याउने वातावरण सिर्जना भएकोले विरोधमा उत्रिनुपरेको बताएका छन्।

केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार महासंघले ऐनको विरोध गर्दै आइतबार वीरगञ्ज र सोमबार भैरहवा भन्सार कार्यालय ठप्प गरेको थियो। मंगलबार देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’ गरिएको थियो र यो विरोध कार्यक्रम आज पनि जारी रहने उनले बताएका छन्।

महासंघले भन्सार ऐन २०८२ मस्यौदा तयार हुँदादेखि नै आफ्ना मागहरू राख्दै आएको थियो। उनीहरूले भन्सार एजेन्टको नाम, दण्ड जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीसँग सम्बन्धित ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ एवं ‘इन्ट्री नोट’ लगायत इजाजत प्राप्त भन्सार एजेन्टहरूवाट मात्र मालबस्तु जाँचपास गर्ने व्यवस्था ऐनमै हुनुपर्ने माग राखेका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.