भन्सार एजेन्ट र विभागबीच सहमति, हड्ताल फिर्ता

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १३:५४

काठमाडौँ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिहरूबीच भएको वार्तामा सहमति जुटेपछि देशभरका भन्सार कार्यालयहरू तत्काल सञ्चालनमा आएका छन् । यो सहमतिसँगै भन्सार एजेन्टहरूले हड्ताल फिर्ता लिई काममा फर्किने भएका छन्, जसले आयात-निर्यात प्रक्रियाहरू सहज हुने अपेक्षा गरिएको छ।

बुधवार भएको वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’ मा घोषणाकर्ताले कागजात फरक रूपमा संलग्न गरेमा लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवानासम्बन्धी कडा व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहजीकरण गर्न विभाग सहमत भएको छ।

तत्कालको लागि भने यो जरिवानालाई दफा २० को उपदफा १० र ११ अनुसार दण्ड जरिवाना छुट दिने सहमति पनि बनेको छ। यसबाहेक, भन्सार एजेन्टको इजाजतपत्र अनलाइनबाटै नवीकरण गर्ने र इन्ट्री तथा एक्जिट नोटहरू एजेन्ट स्वयंले जारी गर्ने व्यवस्था मिलाउने जस्ता अन्य महत्त्वपूर्ण विषयहरूमा पनि सहमति जुटेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.