ढुवानी करमाथि संघीय सरकारको हस्तक्षेप: स्थानीय तहलाई कर नलगाउन चेतावनी

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १४:३२

विराटनगर । संघीय सरकारले प्रदेश र स्थानीय सरकारहरूलाई मालवस्तुको ढुवानी र सेवा विस्तारमा कुनै पनि प्रकारको कर वा शुल्क नलगाउन सचेत गराएको छ। हालै धनकुटाको अलैँचीलाई धरान उपमहानगरपालिकाले कर लगाएको घटना सार्वजनिक भएपछि देशभरका स्थानीय सरकारहरूले लगाउँदै आएको ढुवानी करको विषय पुनः विवादमा तानिएको थियो।

अर्थ मन्त्रालयले यस्तो कर असुली नेपालको संविधान र प्रचलित कानुन विपरीत हुने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेश सरकारलाई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा यस्तो कर नलगाउन अनुरोध गर्ने निर्णय गरेको छ।

प्रवक्ता पाण्डेयले स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भई ढुवानीका लागि मात्रै आफ्नो मार्ग हुँदै लगेको मालवस्तुमा कुनै पनि कर वा शुल्क असुल गर्न नपाउने बताएका छन्। अर्थ मन्त्रालयले यस्तो अवैध करले स्थानीय कृषक, व्यवसायीलाई मात्रै नभई समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पुग्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि एक तहबाट अर्को तहमा हुने वस्तुको ढुवानीमा कर र शुल्क लगाउन नपाउने स्पष्ट व्यवस्था गरेको भए पनि त्यस विपरीत देशैभरी स्थानीय तहहरूले कर असुल गरिरहेको गुनासो बढेपछि संघीय सरकारले यो हस्तक्षेप गरेको हो।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.