आन्दोलनले विराटनगर आइसीपी प्रभावित, सहमतिपछि अवस्था सहज

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १५:२०

विराटनगर । भन्सार अभिकर्ता (एजेन्टस्) हरूको देशव्यापी आन्दोलनका कारण विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसीपी) पनि प्रभावित भएको थियो। यद्यपि, सरकारसँग माग सम्बोधनका लागि सहमति भएपछि अब भने अवस्था सहज भएको जनाइएको छ।

भन्सार अभिकर्ता संघ विराटनगरका अध्यक्ष देवकीनन्दन शर्माले अभिकर्ताहरूले उठाएका मागहरूको सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए। वीरगञ्जस्थित भन्सार कार्यालयबाट आइतबार ‘पेन डाउन’ मार्फत सुरु भएको विरोध मंगलबारसम्म विराटनगरसहित देशभरका भन्सार कार्यालयहरूमा फैलिएको थियो।

अध्यक्ष शर्माले सरकारले ल्याउन लागेको भन्सार ऐन २०८२ मा जरिवानादेखि लिएर धेरै विषयमा उद्योगी, एजेन्टस् तथा आमनागरिकलाई असर पर्ने प्रावधानहरू राखिएको बताएका छन्। उनले नयाँ ऐनअनुसार सरसामानको महसुल २ प्रतिशत रहेकोमा महसुल वृद्धिमा १ सय प्रतिशतसम्म जरिवानाको प्रावधान राखिएको जानकारी दिए।

काम गर्ने सिलसिलामा कुनै कागजात गलत प्रविष्ट हुँदा १ सय प्रतिशत जरिवाना हुने कुरा अभिकर्ताहरूलाई मान्य नभएको उनको भनाइ छ। उनले अभिकर्ताको केन्द्रीय तहबाट समेत पटकपटक ध्यानाकर्षण गराइएको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य देवकीनन्दन अग्रवालले भन्सार ऐनको प्रावधानले अभिकर्ता मात्र नभई अन्ततः सर्वसाधारण र व्यापारी पनि मर्कामा पर्ने बताए। उनले अभिकर्ताहरूले उठाएका जायज माग सरकारले अविलम्ब सच्चाउने विश्वास व्यक्त गर्दै जरिवाना र कारबाही गरेर मात्र अघि बढ्न नसकिने तर्क गरे। उनले आन्दोलन लम्बिनु मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताउँदै चाँडै निकास आउने विश्वास व्यक्त गरे।

भन्सार बन्दले आयात निर्यातमा असर पुग्नुका साथै सरकारले समेत दैनिक राजस्व गुमाइरहेको उनले बताए। विराटनगर भन्सार कार्यालयले मंसिर महिनामा ३१ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको छ, तर आन्दोलनरत अभिकर्ताहरूका अनुसार एक दिन भन्सार कार्यालय ठप्प हुँदा दैनिक कम्तीमा १ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने गरेको छ। विराटनगर भन्सार कार्यालयमा ६३ जनाले लाइसेन्स लिएकोमा ४३ जना सक्रिय रूपमा कार्यरत  छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.