
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन तोलाको २ लाख ५३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदी प्रतितोला ५५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ३ हजार ८ सय ५ रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला ३ हजार ७ सय ५० रूपैयाँ थियो ।

























