युवालाई उद्यमशीलतामा प्रेरित गर्न मोरङमा ‘बिजनेस एट स्कुल’ कार्यक्रम सुरु

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार ११:२९

विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगार र रोजगारका अवसरहरू पहिल्याउने लक्ष्यका साथ उद्योग संगठन मोरङले ‘बिजनेस एट स्कुल’ कार्यक्रमको पहिलो शृंखला बुधबार नरग्राम माध्यमिक विद्यालय, बुढीगंगाबाट प्रारम्भ गरेको छ।

कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले परिवर्तित समयसँगै सीप तथा दक्षता अभिवृद्धि गर्न मार्गदर्शन आवश्यक हुने कुरालाई आत्मसात गरी यो अवधारणा अघि ल्याइएको बताए। उनले यस कार्यक्रमले विद्यार्थीहरूलाई स्वदेशमै सफल उद्यमी बन्न सक्ने अवसर देखाउने विश्वास व्यक्त गरे।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले स्थानीय तह यस्ता कार्यक्रमप्रति सकारात्मक रहेको र युवालाई स्वदेशमै सम्भावनाको बाटो देखाउने पहलमा गाउँपालिकाले समेत निरन्तर सहयोग गर्ने धारणा राखे। सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख दामोदर फुयालले पनि कार्यक्रमले शिक्षालाई व्यवहारिकताको दिशामा उन्मुख गराउने र विद्यार्थीलाई उद्योग क्षेत्रका अवसर तथा चुनौती नजिकबाट बुझ्न उपयोगी हुने विचार व्यक्त गरे।

नरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश केसीले विद्यालयबाट सुरु भएको यो अभियान विद्यार्थीहरूका लागि प्रेरक बन्ने र व्यावहारिक तालिम, काउन्सेलिङ तथा उद्यमशीलता सम्बन्धी सीपले भविष्य निर्माणमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रम संयोजक सृजन प्याकुरेलका अनुसार, ‘बिजनेस एट स्कुल’ ले विद्यार्थीहरूलाई उद्योग तथा सेवा क्षेत्रका कार्यविधि प्रत्यक्ष रूपमा बुझाउने, विषयगत विज्ञबाट काउन्सेलिङ प्रदान गर्ने, व्यवसाय सुरु गर्ने आधारभूत प्रक्रिया, लगानी तथा जोखिम व्यवस्थापन जस्ता कौशल सिकाउने अवसर उपलब्ध गराउनेछ।

पहिलो शृंखला अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि मनमोहन पोलिटेक्निकले ‘इन्टरनेट अफ थिंग्स’, ज्ञान अटोमेशनले ‘इन्डस्ट्रिज अटोमेसन’, र शीर्षक इन्टरप्राइजेजले ‘सीसीटीभी क्यामेरा सेटअप’ का विषयमा ‘टेस्ट द ट्रेनिङ’ कार्यक्रम सञ्चालन गरेका थिए। यस अवधिमा करियर काउन्सेलिङ, सीप तथा उत्पादन प्रदर्शनी, लाइभ तालिम, बिजनेस आइडिया प्रस्तुति र सफल उद्यमीहरूको अनुभव साटासाट गरिएको संगठनले जनाएको छ। स्वदेशमै उज्ज्वल भविष्य निर्माणको सम्भावना उजागर गर्ने अभियानको रूपमा यो कार्यक्रमलाई आगामी दिनमा अन्य विद्यालयहरूमा समेत विस्तार गर्ने लक्ष्य उद्योग संगठन मोरङले लिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.