
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । बिहीबार पनि मूल्य बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार ५ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको २ लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदी तोलाको १ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ३ हजार ९ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार तोलाको ३ हजार ८ सय ५ रूपैयाँ थियो । चाँदीको मूल्य हालसम्मकै उच्च हो ।

























