विराटनगरका स्वीकृतले दुबईमा जिते रजत पदक

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १७:५८
स्वीकृतलाई रजत

काठमाडौं। दुबईमा भइरहेको पाँचौँ एसियाली यूथ पारा गेम्सअन्तर्गत टेबल टेनिसको यू २३ पुरुष सिंगल (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका छन् ।

रजत पदक विजेता न्यौपाने विराटनगरका हुन् । उनी विराटनगरको स्टेलर टेबल टेनिस सेन्टरका प्रशिक्षक बिकेन थापासँग प्रशिक्षण गर्दै आएका थिए ।

स्वीकृत समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह चरणमा स्वीकृतले काजकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरेका थिए ।

सेमिफाइनलमा स्वीकृतले फिलिपिन्सका खेलाडीलाई ३–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । फाइनलमा स्वीकृत चाइनिज ताइपेइसँग २–३ ले चुके ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×