मुवाँथाईं टोली भारत प्रस्थान

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १८:४०
मुवाँथाईं टोली भारत प्रस्थान

काठमाडौं । सीएसडी मुवाँथाईं फाइट टुमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार भारतको त्रिपुरा प्रस्थान गरेको छ ।

डिसेम्बर १६ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा जितेन्द्र राई, निपेश ढुंगाना, दावा छिरिङ तामाङ र विशाल लामाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा महेश केसी, सहायक प्रशिक्षकमा लाक्पा तामाङ र रिङ अफिसियलमा सञ्जय राई रहेका छन् । टोलीलाई नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×