
काठमाडौं । दुबईमा भइरहेको पाँचौँ एसियाली यूथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले शुक्रबार कांस्य पदक जितेकी छन् ।
पहिलो खेलमा रेणुले बंगलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दै सेमिफाइनल पुगेको उनका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । रेणुले पहिलो राउन्डमा १५–३ र दोस्रोमा १२–० अंक बटुलिन् ।
सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् । रेणु पहिलो राउन्डमा ०–२ र दोस्रोमा ०–१ ले पछि परिन् ।

























