
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुदैछ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित दुवै टाेली प्रतिस्पर्धामा उत्रिँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ‘हाउसफूल’ दर्शकमाझ सुदूरपश्चिम आफ्नो वर्चस्व कायम राख्दै पहिलो पटक च्याम्पियन बन्न चाहन्छ । लुम्बिनी गत सिजनको चोटलाई उपाधिले निको पार्ने लक्ष्यमा छ । खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुने तालिका छ ।

























