लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १७:५१

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्समाथि सानदार जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । सुदूरले दिएकाे जम्मा ८६ रनकाे लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्याे ।

लुम्बिनीले एनपीएलको ट्रफीसँगै १ करोड १० लाख पुरस्कार प्राप्त गरेको छ । सुदूरले पुन ५१ लाखमै चित्त बुझाएकाे छ ।

Advertisement

पहिलो सिजनमा जनकपुरले सुदूरलाई पराजित गर्दै उपाधि जितेको थियो । दोस्रो सिजनको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरले खराब प्रदर्शन गर्याे ।

सुदूरका ब्याट्सम्यान चल्न नसक्दा १९.१ ओभरमा जम्मा ८५ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । अन्य खेलाडी चल्न सकेनन् ।

लुम्बिनीका लामगि कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान समान ३–३ विकेट लिए । रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । उनले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दीपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.