जीवन विकासले १४ प्रतिशत बोनस वितरण गर्ने

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १६:१०

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस वितरण गर्ने भएकाे छ । माेरङकाे कटहरी गाउँपालिका – २ मा केन्द्रीय कार्यालय रहेकाे जीवन विकासकाे सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीकाे १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।

संस्थाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कर प्रयोजनका लागि प्रस्तावित लाभांश १ करोड १३ लाख १९ हजार १६१ रुपैयाँ छ ।

काेशी, मधेश र बागमती प्रदेशमा साढे तीन लाख सदस्यकाे घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेकाे जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ छ । १४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६०० रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ ।

जीवन विकासले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को मुनाफाबाटसमेत सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.