
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ एवं ऐतिहासिक रेकर्ड कायम गरेको छ । विगतको रेकर्ड तोड्दै सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज (सोमबार) २ लाख ६० हजार नाघेको छ । मूल्य प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेको छ ।
भाउ बढेसँगै सुन तोलाको २ लाख ६० हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला २ लाख ५८ हजार ८ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी ३ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको ३ हजार ८ सय २५ रूपैयाँ थियो ।

























