ट्रेड युनियन कांग्रेसमा युवा श्रमिकको ४०% अनिवार्य सहभागिता माग

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २९, सोमबार ११:४६

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको संरचनामा युवा श्रमिकको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गर्दै राष्ट्रिय युवा समितिले केन्द्रीय नेतृत्वसमक्ष औपचारिक स्मरणपत्र पेस गरेको छ। काठमाडौँ–१० स्थित नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय समितिमा पेस गरिएको स्मरणपत्रमा बदलिँदो परिस्थितिलाई ध्यानमा राखेर युवा सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखिएको छ।

राष्ट्रिय युवा समितिको भनाइ छ- ‘नेपाली श्रम बजारमा युवाको बढ्दो उपस्थिति, विश्वव्यापी श्रमिक आन्दोलनमा जेनजी पुस्ताको प्रभाव तथा संगठनभित्र युवाको न्यून सहभागितालाई ध्यान दिई नीतिमा सुधार गर्नुपर्छ।’ स्मरणपत्रमा उल्लेख गरिएअनुसार नेपालको श्रम शक्तिमा ३१ वर्ष मुनिका श्रमिकको हिस्सा ४० प्रतिशतभन्दा बढी छ भने ४० वर्ष मुनिका श्रमिक ६० प्रतिशतभन्दा माथि छन्। यस्तो अवस्थामा श्रमिक आन्दोलनको वैचारिक निरन्तरता, संगठनात्मक सुदृढीकरण र भविष्यको नेतृत्व विकासका लागि युवाको केन्द्रीय भूमिका अपरिहार्य भएको राष्ट्रिय युवा समितिको ठहर छ।

युवा समितिले नेपाल ट्रेड युनियन कांग्रेसको विधानमा उल्लेख गरिएको १० प्रतिशत युवा सहभागिता पनि व्यवहारमा लागू हुन नसकेको जनाएको छ। यसले संगठनभित्र नेतृत्व हस्तान्तरणको अभाव, युवाबीच निराशा र विश्वासको खाडल सिर्जना गरेको चेतावनी दिइएको छ। यदि समयानुकूल रूपान्तरण नगरे श्रमिक आन्दोलनको औचित्यमाथि नै प्रश्न उठ्ने चेतावनी युवा समितिले दिएको छ।

स्मरणपत्रमार्फत राष्ट्रिय युवा समितिले सबै तहमा ३५ वर्षमुनिका युवा श्रमिकको ४० प्रतिशत अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेको छ। साथै, नीति निर्माण, बजेट विनियोजन तथा प्रमुख निर्णय प्रक्रियामा युवालाई औपचारिक मतदान अधिकारसहित सहभागी गराउनुपर्ने माग पनि अघि सारिएको छ।

त्यसैगरी, नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्राप्त प्रतिनिधि कोटामा कम्तीमा ३० प्रतिशत युवा सहभागिता हुनुपर्ने माग परि गरिएको छ। नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारले यस स्मरणपत्रलाई भविष्यको गतिशील र युवामैत्री श्रमिक आन्दोलनतर्फको निर्णायक कदमको रूपमा लिएको जानकारी दिए।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.