नेपाली महिला टिमको मुख्य प्रशिक्षक अब जयन्त

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १, मंगलबार ११:०७

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल जयन्त पाठक नियुक्त भएका छन् ।

यसअघि उनी थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको रूपमा कार्यरत थिए । भारतका पाठकलाई नेपाल क्रिकेट संघ ‍(क्यान) ले महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त गरेको प्रवक्ता छुम्बी लामाले बताए ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम अहिले काठमाडौँमा आईसीसी विमेन्स टी–२० ग्लोबल क्वालिफायर तयारी क्याम्पमा व्यस्त छ । यो क्याम्प अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को कार्यक्रम अनुसार यही जनवरी १२ देखि फेब्रुअरी १, २०२६ सम्म सञ्चालन हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×