आईपीएल मिनी अक्सन आज: २३७ करोडको दाउ, ७७ खेलाडी

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १, मंगलबार १२:४१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ सिजनका लागि आज युएईको अबु धाबीमा मिनी अक्सन हुँदैछ। नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुने यस लिलामीमा आईपीएलका १० फ्रेन्चाइज टोलीहरूले कुल २ सय ३७ करोड भारतीय रुपैयाँ खर्च गर्ने अधिकार पाएका छन्।

यसपटक अक्सनका लागि विश्वभरका १ हजार ३ सय ९० खेलाडीले नाम दर्ता गराए पनि टोलीहरूको रुचि र आवश्यकताका आधारमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ३ सय ५० खेलाडीलाई मात्र अन्तिम सूचीमा राखेको छ। लिलामी प्रक्रियामा ३ सय ५० खेलाडी समावेश भए पनि टोलीहरूमा केवल ७७ स्थान मात्र खाली रहेकाले सोही संख्यामा खेलाडीहरू किनबेच हुनेछन्। यसमा २५ विदेशी र ५२ भारतीय खेलाडीका लागि स्थान सुरक्षित गरिएको छ।

अक्सनमा ४० खेलाडीको आधार मूल्य (बेस प्राइस) सबैभन्दा बढी २ करोड रुपैयाँ तोकिएको छ भने २ सय २७ खेलाडीको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको छ। आईपीएलको इतिहास हेर्दा टोलीहरूले केही खेलाडीमाथि अपेक्षाभन्दा धेरै रकम खर्च गर्ने गरेका छन्। अहिलेसम्मकै सबैभन्दा महँगो खेलाडीका रूपमा ऋषभ पन्त रहेका छन्, जसलाई गत वर्षको मेगा अक्सनमा लखनऊ सुपर जायन्ट्सले २७ करोड रुपैयाँमा अनुबन्ध गरेको थियो। १६ करोड रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने खेलाडीको संख्या अहिलेसम्म ६ पुगेको छ।

टोलीगत रूपमा हेर्दा कोलकाता नाइट राइडर्स (केकेआर) मा सबैभन्दा धेरै १३ खेलाडीको स्थान खाली छ भने पञ्जाब किङ्समा सबैभन्दा कम ४ स्थान मात्र बाँकी छ। रकमका आधारमा पनि केकेआर सबैभन्दा बलियो देखिएको छ, उसँग ६४ करोड ३० लाख रुपैयाँ बाँकी छ। त्यसपछि चेन्नई सुपर किङ्ससँग ४३ करोड ४० लाख रुपैयाँ छ भने मुम्बई इन्डियन्ससँग सबैभन्दा कम २ करोड ७५ लाख रुपैयाँ मात्र पर्समा रहेको छ।

अक्सन सुरु हुनुअघि नै ८ खेलाडीको आपसी साटासाट (ट्रेड) भइसकेको छ। यसपटकका ठूला ‘ट्रेड’ मा संजू स्यामसन चेन्नईमा, रवीन्द्र जडेजा राजस्थानमा र मोहम्मद शमी लखनऊ टोलीमा पुगेका छन्। अक्सनको प्रक्रिया अन्तर्राष्ट्रिय ब्याट्सम्यानबाट सुरु भई अलराउन्डर, विकेटकिपर र बलरको क्रममा अघि बढ्नेछ भने अन्त्यमा घरेलु अर्थात् अनक्याप्ड खेलाडीको पालो आउनेछ।

यसपटक पनि अक्सनरको भूमिकामा मलिका सागर नै रहनेछिन्। आईपीएलको प्रसारण अधिकार रिलायन्ससँग रहेकाले टिभीमा स्टार स्पोर्ट्स र ओटीटीमा जियोहटस्टारमार्फत अक्सन प्रत्यक्ष हेर्न सकिनेछ। आईपीएलको १९औँ सिजन मार्चको तेस्रो सातादेखि सुरु हुने अनुमान गरिएको छ। अहिलेसम्म चेन्नई र मुम्बईले ५–५ पटक तथा कोलकाताले ३ पटक उपाधि जितेका छन्।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×