‘अप्रेन्टिसीप इज द फ्युचर’ कार्यक्रम सम्पन्न

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १, मंगलबार १८:००
‘अप्रेन्टिसीप इज द फ्युचर’ कार्यक्रम सम्पन्न

विराटनगर । ‘अप्रेन्टिसीप केवल तालिम होइन, जीवन परिवर्तन गर्ने यात्रा हो’ भन्ने नारासहित आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनको आयोजनामा ‘अप्रेन्टिसीप इज द फ्युचर’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षालय र उद्योगबीचको सहकार्य तथा अप्रेन्टिसीप कार्यक्रमको महत्वबारे छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अप्रेन्टिसीपले युवालाई व्यवहारिक सीपसहित आत्मविश्वासी र रोजगारीयुक्त बनाउने बताए ।

उनले वर्तमान परिवेशमा अप्रेन्टिसीप कार्यक्रम अत्यन्तै आवश्यक र प्रभावकारी भएको धारणा व्यक्त गर्दै युवाहरूलाई कक्षा कोठामा सीमित नराखी वास्तविक औद्योगिक वातावरणसँग प्रत्यक्ष जोड्न सके भविष्यका पेशागत चुनौतीहरूको सामना गर्न सक्षम, योग्य बन्नसक्ने बताए ।  

सीटीईभीटी कोशी प्रदेशका उपनिर्देशक दुर्गाप्रसाद ओझाले उद्योगको आवश्यकता र युवाको क्षमताबीचको दूरी घटाउन अप्रेन्टिसीप प्रभावकारी माध्यम भएको उल्लेख गरे । इन्स्योर परियोजना कोशी प्रदेश प्रमुख विकास पन्थीले उद्योग, शिक्षा र सीप विकासबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए । 

कार्यक्रममा उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग–शिक्षा सहकार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालय, उद्योग सहकार्यलाई मजबुत बनाउँदै विद्यार्थीलाई अध्ययनसँगै रोजगारमुखी तथा जीवनोपयोगी सीप प्रदान गर्न कार्यक्रम प्रभावकारी माध्यम भएको बताए । 

अप्रेन्टिसीप कार्यक्रम संयोजक तथा सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहानले अप्रेन्टिसीप कार्यक्रमले विद्यार्थीलाई कक्षा कोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई उद्योगमा प्रयोग गर्ने अवसर प्रदान गर्ने  उल्लेख गरे । विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधि, शिक्षक तथा अप्रेन्टिसहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.