चार महिनामा नेपालीसँगै विदेशियाे ७५ अर्ब

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १, मंगलबार १९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपाली नागरिक विदेश जाँदा ७५ अर्ब ७४ करोड रुपैयाँ विदेशिएको छ ।

२०८२ साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा सो रकम नेपालबाट बाहिरिएको हाे ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको समयमा नेपालबाट विदेशिने रकम ११.८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा नेपालीहरू विदेश जाँदा ६७ अर्ब ७५ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले मात्र नेपालबाट ४८ अर्ब २६ करोड रुपैयाँ विदेश लगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष यस्तो रकम ३७ अर्ब ७७ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकको विवरणअनुसार नेपाल घुम्न आउने पर्यटकले गर्ने खर्च चालु आर्थिक वर्षको पहिलो चार महिनामा ०.९ प्रतिशतले बृद्धि भई २७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २६ अर्ब ९० करोड रहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.