
विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । चाँदी हालसम्मकै महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य मंगलबार २ लाख ५९ हजार रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय ७० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ४ हजार ५५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको ३ हजार ८ सय ८५ रूपैयाँ थियो ।

























