
विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा भएको खेलमा ग्रिनपिस स्कुल विजयी भएको छ ।
बुधबार भएको खेलमा ग्रिनपिसले डीएभी स्कुललाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ३ बलमा सबै विकेटको क्षतिमा १ सय १६ रनको चुनौती प्रस्तुत गरेको थियो ।
जसमा प्रभान्सु कर्णले ४० रनको योगदान दिए । ग्रिनपिसका महमद समले ३ विकेट लिए ।
१ सय १७ रनको विजयी लक्ष्य पाएको ग्रिनपिसले १६ ओभर ५ बलमा ८ विकेटको क्षतिमा सो लक्ष्य पूरा गरेको थियो । सकर आलमले २९ रन र प्लेयर अफ म्याच आमिर रैनले २१ रनको योगदान दिए । डीएभीका देवराज झाले ३ विकेट लिए ।

























