
विराटनगर । नेपाली बजारमा आज (बिहीबार)का लागि सुनको मूल्य तोलाको २ लाख ६० हजार ४ सय रूपैयाँ तोकिएको छ । चाँदीको पनि मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ७ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको २ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलाको २ लाख ५९ हजार ७ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको २५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी ४ हजार ८० रूपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रूपैयाँ थियो ।

























