काँकरभिट्टा नाकाबाट ५ महिनामै झण्डै ८ अर्बको इन्धन आयात, राजस्व संकलनमा पनि वृद्धि

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार ०७:५७

झापा । चालु आर्थिक वर्ष २०८२–०८३ को मंसिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट झन्डै ८ अर्ब रूपैयाँ बराबरको इन्धन आयात भएको छ ।

मेची भन्सार कार्यालयको तथ्यांक अनुसार ५ महिनाको अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल गरी कुल ७ अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । पूर्वी नेपालका लागि मुख्य आपूर्ति नाका मानिने काँकरभिट्टाबाट इन्धन आयात निरन्तर बढ्दो क्रममा देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१–८२ को सोही अवधिसँग तुलना गर्दा चालु वर्षमा पेट्रोलियम पदार्थको आयात २३ करोड ५२ लाख ७० हजार रुपैयाँले वृद्धि भएको छ । प्रतिशतका हिसाबले यो वृद्धि ३.१० प्रतिशत हो । आयात बढेसँगै राजस्व संकलनमा पनि सकारात्मक प्रभाव परेको छ । इन्धन आयातबाट प्राप्त राजस्व २.५० प्रतिशतले बढेर ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले वृद्धि भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

कार्यालयका अनुसार चालु आवको ५ महिनामा मात्रै पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा उल्लेख्य मानिन्छ । भन्सार कार्यालयले जनाएअनुसार यस अवधिमा ३ अर्ब ८२ करोड ७० लाख रुपैयाँ मूल्य बराबरको ४३ हजार १ सय ६० किलोलिटर पेट्रोल आयात भएको छ भने २ अर्ब ५३ करोड १६ लाख रुपैयाँ मूल्यको २६ हजार १ सय २० किलोलिटर डिजेल भित्रिएको छ ।

त्यसैगरी, घरायसी तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यासको आयात पनि ठूलो परिमाणमा भएको छ । ५ महिनामा १ अर्ब १ करोड ६० लाख रुपैयाँ मूल्य बराबरको १० हजार ४ सय ८० मेट्रिक टन एलपी ग्यास आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । हवाई इन्धनका रूपमा प्रयोग हुने एटीएफ ३ हजार ५ सय ८० किलोलिटर आयात हुँदा यसको मूल्य ३२ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने मट्टितेल ६ सय ८० किलोलिटर आयात हुँदा ६ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

काँकरभिट्टा नाकाबाट हुने इन्धन आयातले पूर्वी क्षेत्रको आपूर्ति सहज बनाउनुका साथै सरकारी राजस्व वृद्धिमा पनि महत्वपूर्ण योगदान पुर्‍याइरहेको देखिन्छ । बढ्दो आर्थिक गतिविधि, यातायात तथा उद्योग व्यवसायको विस्तारसँगै आगामी दिनमा पेट्रोलियम पदार्थको आयात अझै बढ्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.