‘लेटाङ रन’ को तेस्रो संस्करण माघ १ गते, विदेशीसहित ८ सय धावक

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार १७:०१

लेटाङ । ‘लेटाङ रन’ को तेस्रो संस्करण आउँदो माघ १ गते हुने भएको छ। आयोजक लेटाङ रनले मंगलबार पत्रकार सम्मेलन गर्दै करिब ८ सय धावकको सहभागितामा प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको छ । लेटाङ रनका अध्यक्ष किरण राईले यस वर्षको दौड गत वर्षको भन्दा बृहत्तरूपमा र व्यापक सहभागितामा सञ्चालन गर्न लागिएको बताए । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरू समेत सहभागी हुने उनको भनाइ छ ।

प्रतियोगितामा ४ वटा विधामा महिला र पुरुषतर्फ गरी ८ वटा प्रतिस्पर्धा सञ्चालन गरिनेछ । सबैभन्दा ठूलो पुरस्कार राशिको खुला १० किलोमिटर म्याराथन प्रतियोगितामा देश विदेशका खेलाडीहरूले भाग लिनेछन् । यस विधामा प्रथम हुने महिला र पुरुष दुवैले मेडलसहित ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले ८ हजार र सान्त्वना दुई जनाले १/१ हजार नगद पुरस्कार पाउनेछन् ।

लेटाङ नगरपालिका भित्रका धावकहरू मात्र सहभागी हुन पाउने ‘हाम्रो लेटाङ’ विधामा पनि महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ । प्रथम हुनेले मेडलसहित ७ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार र सान्त्वना दुई जनाले १/१ हजार नगद पुरस्कार पाउनेछन् ।

यस्तै, भेट्रान महिला र पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले मेडलसहित १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार नगद पुरस्कार पाउनेछन् । कक्षा ८ भन्दा तल अध्ययनरत विद्यार्थीहरूको महिला र पुरुष दुवैतर्फको प्रतिस्पर्धामा प्रथम हुनेले मेडलसहित ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

खुला महिला र पुरुष, हाम्रो लेटाङ महिला र पुरुष, भेट्रान महिला र पुरुष विधाका लागि ४ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। कक्षा ८ भन्दा तलका प्रतिस्पर्धीका लागि ३ सय ५० रुपैयाँ दर्ता शुल्क लाग्नेछ । प्रतियोगिता माघ १ गते बिहान ८ बजे लेटाङ बजारको वीपी चोकबाट सुरु भई निर्धारित दूरी पूरा गरेर पुनः सोही चोकमा आएर सम्पन्न हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न लेटाङ नगरपालिका, वडा कार्यालय, सामुदायिक वन, हाल युकेमा रहेका स्थानीयवासी सन्तोष राई लगायत विभिन्न संस्था र व्यक्तिहरूले सहयोग गरेका छन्। लेटाङ रन सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ लागत लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लेटाङ नगरपालिकालाई चिनाउने उद्देश्यले पनि प्रतियोगिता आयोजना गरिएको हुनाले प्रतियोगितामा सहभागी भएर तथा दर्शकको रूपमा उपस्थित भएर समेत सहयोग गरिदिन आयोजकले सबै समक्ष आग्रह गरेको छ ।

युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै लागुऔषध दुर्व्यसनको कुलतमा लाग्नबाट टाढै राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लेटाङ रनका सदस्य तथा कमलपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिएका छन् । लेटाङ रनकी सचिव मनकुमारी राईले यस वर्ष महिला र पुरुष दुवैतर्फको पुरस्कार राशि समान राखिएकाले महिला धावकहरूलाई उत्साहपूर्वक प्रतियोगितामा सहभागी हुन आह्वान गरेकी छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.