आईटीएफ तेक्वान्दोको बेल्ट ग्रेडिङ

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार १८:४९
आईटीएफ तेक्वान्दोको बेल्ट ग्रेडिङ

विराटनगर । आईटीएफ तेक्वान्दो कोशी प्रदेशका खेलाडीहरूको बिहीबार विराटनगरमा ग्रेडिङ गरिएको छ ।

नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघको आयोजना तथा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको व्यवस्थापनमा पेटी ग्रेडिङ (परीक्षा) आयोजना गरिएको हो । संघले वार्षिक रूपमा कालो पेटी प्रथम डान, कालो पेटी दोस्रो डान र कालो पेटी तेस्रो डान ग्रेडिङ (परीक्षा) गर्दै आएको छ ।

ग्रेडिङ कार्यक्रमको उद्‌घाटन गर्दै नेकपा एमाले कोशी प्रदेशसभाका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले खेल र खेलाडीको स्तरोन्नतिका लागि सरकारले विभिन्न योजना ल्याएको बताए ।

उनले पछिल्लो समय प्रदेश सरकारले खेल र खेलाडीको वृद्धि विकासका लागि योजना बनाउँदै, विभिन्न खेलकुदका कार्यक्रम गर्दै आएको प्रस्ट्याए ।

सचेतक लिङ्थेपले पार्टीले पनि आफ्नो किसिमबाट खेलकुदको विकासका लागि खेलकुद महासंघ गठन गरेर खेलाडीको विकासका लागि खेल क्षेत्रलाई चलायमान गरेको सुनाए ।

उनले अहिले खेलाडीले खेलेर आफ्नो जीविकोपार्जन गर्न सक्ने वातावरण बन्दै गएकाले खेलाडीले लगनशील भएर खेल्नुपर्ने बताए । खेल र खेलाडीको विकास गर्न सके राम्रो समाज बन्न सक्ने भएकाले सबैले खेल र खेलाडीको विकासमा गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।

कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष अरुण राठीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघको केन्द्रीय अध्यक्ष प्रवीण कार्की, उपाध्यक्ष चतुरलाल चौधरी, केन्द्रीय सदस्य नवीन तामाङ र राजेन्द्र धिमाललगायतले खेलाडीहरूलाई शुभकामना दिएका थिए ।

कोशी प्रदेशभरिका ५५ जनाभन्दा बढी छात्रछात्रा खेलाडीहरूको सहभागिता रहेको संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.