पुस तेस्रो सातादेखि ९ औँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल हुँदै 

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ११, शुक्रबार १४:२६
पुस तेस्रो सातादेखि ९ औँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल हुँदै 

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा ९ औँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा ३ विभागीयसहित ५ टोलीको सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी गराए ।

नेपाल प्रहरी, नेपाली सेना, एपीएफ, न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको छ । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत उत्कृष्टलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रत्येक खेलको  ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटनका अवसरमा विगतमा झै एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरिने छ ।

खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ । सुरुका ६ संस्करणको उपाधि एपीएफले जितेको थियो । ७ औँ मा न्यु डायमन्ड च्याम्पियन बनेको थियो भने गत संस्करणमा प्रहरी पहिलो भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष खड्काले हरेक खेलाडी र टेक्निकल टिमका सदस्यको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको बताए ।

महिला खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतिष्ठानले २०७२ सालदेखि प्रतियोगिताको सुरुआत गरेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.