तमु ल्होसार दौडमा पार्वती र नितेश विजयी 

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १४, सोमबार १५:२१
तमु ल्होसार दौडमा पार्वती र नितेश विजयी 

विराटनगर । विराटनगरमा तमु ल्होसार २०८२ (त ल्हो) को अवसरमा सद्भावपूर्ण दौड प्रतियोगिता आयोजना गरिएको छ ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् विराटनगर नगर इकाई समितिले आयोजना गरेको प्रतियोगिता खुला महिलातर्फ अर्चना चौधरी प्रथम, पार्वती कायस्थ द्वितीय र भूमिका माझी तृतीय भए भने पुरुषतर्फ नितेश भट्टराई प्रथम, सुरज चौधरी द्वितीय र प्रियान्सु चौधरी तृतीय भए ।

त्यस्तै, ५० वर्षमाथि पुरुषतर्फ सुबोध चौधरी प्रथम भए  । अन्य प्रतियोगीसँगै दौड पूरा गरेका बालक साइमन गुरुङलाई सान्त्वना पुरस्कार प्रदान गर्ने आयोजक समितिका कार्यवाहक अध्यक्ष श्याम गुरुङले जानकारी दिए ।
प्रतियोगितामा ५० जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।

उनीहरू ३ किलोमिटर दूरी पारेका थिए । दौड प्रतियोगिताको उद्‌घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले गरेका थिए । प्रतियोगिताका विजयी खेलाडीलाई तमु ल्होसारको अवसरमा मंगलबार हुने विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.