
विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको १ हजार १ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । सुन मंगलबार तोलाको २ लाख ६२ हजार १ सय रूपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १ सय २० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ४ हजार ४ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबार तोलाको ४ हजार ५ सय ९० रूपैयाँमा किनबेच भएको थियो ।

























