
काठमाडौँ । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको ‘ट्रफी टुर’ आगामी साता नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी ५ देखि ७ फेब्रुअरी (आउँदो सोमबारदेखि बुधबार) सम्म विश्वकप ट्रफी नेपालमा रहने छ ।
क्यानले विज्ञप्ति जारी गर्दै ट्रफी टुरको तयारी भइरहेको जानकारी दिएको । ट्रफी टुरका क्रममा सञ्चालन हुने विस्तृत कार्यक्रम, तालिका, स्थान र अन्य गतिविधिबारे केही समयपछि जानकारी गराइने क्यानले जनाएको छ ।
यसअघिका विश्वकपका बेला पनि ट्रफी टुर अन्तर्गत विश्वकपको ट्रफी नेपाल ल्याउने गरिएको थियो। नेपाली क्रिकेट प्रेमीहरूका लागि यो ट्रफी टुरलाई महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

























