
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये ४ उत्कृष्ट आइडिया छनोटमा परेका छन् ।
संघले सञ्चालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये ४ वटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन । छनोट भएका उनीहरूले अब आइडिया स्टुडियो सिजन ९ मा सिधा प्रवेश पाएका छन् ।
संघले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १० जिल्लाबाट ५२ आइडिया दर्ता भएको र क्याम्पमा सहभागी भई अन्तिम १५ छनोट गरिएको जनाएको छ।
विराट एक्स्पो स्थलमा दैनिक आयोजना भइरहेको थिमेटिक सेसनकै क्रममा आइडिया पिच गरेका मध्ये विष्णु पोखरेल, जीवन कुशवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यले पिच गरेका आइडिया उत्कृष्ट ठहर गरिएका हुन ।
उनीहरूको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रूपान्तरण गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्ने अध्यक्ष अनुपम राठीले बताएका छन् ।

























