५ महिनामै ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो, ३५.६ प्रतिशतको उच्च वृद्धि

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १२:२०

काठमाडौँ । नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) मा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर मात्र ४.७ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार २०८२ मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जबकि अघिल्लो वर्षको मङ्सिरमा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ मात्र आएको थियो।

अमेरिकी डलरमा पनि रेमिट्यान्सको वृद्धिदर बलियो देखिएको छ। समीक्षा अवधिमा डलर आप्रवाह २९ प्रतिशतले बढेर ६ अर्ब १६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर ३.४ प्रतिशत मात्र थियो। यस्तै, खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि ७ खर्बबाट बढेर ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

वैदेशिक रोजगारीको तथ्याङ्क हेर्दा, समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५ सय ९१ रहेको छ। अघिल्लो वर्ष यो सङ्ख्या १ लाख ९० हजार ३ सय ८४ थियो। नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्यामा केही गिरावट आए पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने बढेको छ। यस अवधिमा १ लाख ६३ हजार ९ सय २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो वर्ष १ लाख ३५ हजार ४ सय २५ मात्र थियो।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.