राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड च्याम्पियन

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १९:४२
राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड च्याम्पियन

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै केएनपी नेरोलेक ९ औँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ । यो प्रतियोगितामा न्यु डायमन्ड ७ औँ र ९ औँ मा च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखे) को कभर्डहलमा भएको फाइनलमा न्यु डायमन्डले डिफेन्डर च्याम्पियन नेपाल प्रहरीलाई २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित गर्‍यो । न्यु डायमन्डकी प्रगति नाथ  ‘प्लेयर अफ द म्याच’ भइन् ।

राउन्ड लिगमा न्यु डायमन्डले नेपाल आर्मीलाई ३–०, एपीएफलाई ३–२ र प्रहरीलाई ३–२ ले हराएको थियो । एक साताको अवधिमा न्यु डायमन्डको यो दोस्रो उपाधि हो । यसअघि न्यु डायमन्डले प्रहरीलाई नै पाखा लगाएर एनभीए भलिबलको उपाधि जितेको थियो ।

प्रतियोगितामा सुरुका ६ संस्करणको उपाधि विजेता एपीएफले तेस्रो भयो । एपीएफले आर्मीलाई २५–१३, २५–२३ र २५–१८ को सोझो सेटमा हरायो । एपीएफकी मिना सुनार  ‘प्लेयर अफ द म्याच’ बनिन् ।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट हुँदै ५० हजार नगदसहित ट्रफी पाइन् ।

एपीएफकी मिना सुनार उत्कृष्ट स्पाइकर, यसै प्रतियोगिताको उद्घाटनमा शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित न्यु डाइमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर, प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो, प्रहरीकी पुनम चन्द उत्कृष्ट सर्भर र न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक ठहरिए । उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए । प्रत्येक खेलको  ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, केएनपी नेरोलेका कन्ट्री हेड मनोजकुमार मिश्र, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्का, अध्यक्ष रञ्जन खड्का र उपाध्यक्ष सीता खड्कालगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.