
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा खुला नकआउट टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । वडा युवा तथा खेलकुद समिति रतुवामाई–४ को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
खेलकुद समितिका अध्यक्ष कुमार पौडेलका अनुसार माघ ३ गतेबाट १० गतेसम्म रतुवामाईको आमबारीस्थित गढी महाराजथानको खेल मैदानमा प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा सहभागी हुने टोलीले पुस ३० गतेभित्र ६ हजार १ सय रुपैयाँ दर्ता शुल्क बुझाएर नाम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैयाँ र उपविजेताले नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोलीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

























