
विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । मूल्य दिनदिनै बढेको बढ्यै छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । भाउ बढेसँगै नयाँ रेकर्ड कायम गरेर सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।
सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ८ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको २ लाख ७६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो । सोमबार मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदी प्रतितोला १ सय ४५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यले पनि हालसम्मकै उच्च भएर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार मूल्य प्रतितोला ५ हजार १ सय ९५ रूपैयाँ थियो ।

























