विराटनगरमा भन्सार छलीको माछासहित १ जना पक्राउ

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १२:४१

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको माछासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब १०:३० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको विशेष टोलीले उक्त बरामद गरेको हो।

प्रहरी वरिष्ठ नायब निरीक्षक तिलक कार्कीको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोलीले दरैयाबाट विराटनगरतर्फ आउँदै गरेको को १९ प १३१ नम्बरको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा रोकेर चेकजाँच गरेको थियो। सो क्रममा मोटरसाइकलको पछाडि दुई वटा कार्टुनमा लोड गरिएको ८० केजी रहु र विकासी जलकपुर माछा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने २१ वर्षीय बिक्की सहनी रहेका छन्। प्रहरीका अनुसार बरामद गरिएको माछाको अनुमानित मूल्य २४ हजार र मोटरसाइकलको ५० हजार गरी जम्मा ७४ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका सहनी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। बरामद गरिएको माछा क्वारेन्टाइन कार्यालय रानीसँग समन्वय गरी नष्ट गर्ने तयारी भइरहेको र अन्य आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.