वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ३०, बुधबार १३:४६

नेपालका लागि कविता जोशीले सर्वाधिक २८ र बिन्दु रावलले २५ रनको योगदान दिए पनि अन्य ब्याटरहरूले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। कप्तान इन्दु बर्माले १२ रन बनाउनु बाहेक अन्य खेलाडीहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०० रनको पहाड खडा गरेको थियो। आयरल्यान्डको पारीमा कप्तान गेबी लेविसले ३८ बलमा ७७ रन र ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रनको विस्फोटक इनिङ खेल्दै रिटायर आउट भएका थिए।

बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्रीले २ र रिया शर्माले १ विकेट लिएका थिए। यो खेल वार्म अप भएकाले यसले अन्तर्राष्ट्रिय वा टी-२० को आधिकारिक मान्यता पाउने छैन। नेपाली टोलीले अब आफ्नो दोस्रो वार्म अप खेल शुक्रबार अमेरिकासँग खेल्ने तालिका रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×